एनपिएलअन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीच हुनेछ भने दोस्रो स्पर्धा काठमाडौं गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ ।
हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।
पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
प्रतिक्रिया