बजेट पारित गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न २.३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि सिंहदरबारमै मन्त्रिपरिषद् बैठक बस्ने गरेकामा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो।
बैठकले आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) स्वीकृत गर्नेछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। बजेट प्रस्तुत गर्नुअघि संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने प्रावधान छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया