NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू

बागलुङ-बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ।

सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ। उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन्। बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ।

बाँदरको आतङ्कले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आएका छन्।

उनी हरेक बिहान ५ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्छन्।

‘बाँदर आयो भने मलाइँ टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन’, लक्ष्मीदत्तले भने, ‘बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन्।’

सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ। कतिपयले खेती गर्नै छोडेका छन्।

जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताए।

ताजा अपडेट

नेपालवाच विशेष