NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १० गते

व्यवसायी सुमार्गीको राहदानी रोक्का, सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान सुरु

काठमाडौं । व्यवसायी अजयराज सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ ।
अनुसन्धानको प्रक्रियाकै सिलसिलामा उनको राहदानी मंगलबार रोक्का गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयका एक अधिकृतका अनुसार उनको सम्पत्तिमा भएको प्रारम्भिक अनुसन्धानमा गम्भिर कानून उल्लंघन गरि अकुत सम्पत्ति आर्जनका प्रमाणहरु फेला परेका छन् ।

यसअघि २०७४ सालमा सम्पत्ति सुद्धिकरण विभागका उपन्यायधिवक्ताको नेतृत्वमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल राष्ट बैंकका अधिकारी सम्मिलित टोलीले उनीमाथि अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा सुमार्गीले ट्याक्स हेभन मुलुकमा सोल कम्पनी खडा गरी गैरकानुनी रुपमा लगानी गरेको र सो रकम प्रत्यक्ष वैदेशिक लगानीका नाममा नेपाल भित्र्याउने गरेको पाइएको थियो । अध्ययन प्रतिवेदनअनुसार करिब ९ अर्ब रुपैयाँ त उनले सरकारका कुनै पनि निकायको अनुमति बिनै नेपाल भित्र्याएको उक्त अध्ययनमा फेला परेको थियो ।

उक्त टोलिले प्रतिवेदन बुझाउँदै सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा १५ अनुसार अनुसन्धान अधिकृत नियुक्त गरी अनुसन्धान गर्न उपयुक्त हुने देखिएको निष्कर्ष निकालेको थियो ।

लामो समयदेखि राजनीतिक संरक्षणका कारण थन्किएको उक्त फाइल सरकार परिवर्तन भएसँगै पुनः प्रक्रिया अघि बढेको हो । अहिले सरकार परिवर्तन भएसँगै विभागले पुरानो फाइल खोलेर प्रक्रिया अघि बढाएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष