स्थानीय तहको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिइन्छ : खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले स्थानीय तहको आसन्न निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने बताएका छन् ।
पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आज आयोजित बृहत् भेलामा नेता तथा कार्यकर्तालाई स्थानीय निकाय निर्वाचन ऐनको अध्ययन गर्न सुझाव दिँदै सर्वहारा र श्रमिक वर्गको प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीको विजयले मात्र मुलुकमा समाजवादी अर्थव्यवस्था कायम भई मुलुकको प्रगति र समृद्धि हुने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जनवादी क्रान्ति सफल भए पनि देशमा गरिबी न्यूनीकरण हुन नसकेको तथा शोषण, अन्याय, विभेद, अत्याचारको अन्त्य हुन नसकेकामा चिन्ता व्यक्त गरे ।
उनले भने, “वर्गीय शोषण, अन्तर्राष्ट्रिय पूँजीवादीको शोषण छ, जबसम्म हामी समाजवादमा पुग्न सक्तैनौँ, त्यसबेलासम्म समाजिक विभेद कायम रहन्छ ।”
नेता खनालले कलाकारले अब समाजवादी कला र साहित्य सिर्जना गर्नुुपर्नेमा जोड दिए ।
पोलिटव्यूरो सदस्य प्रेमल खनाल, केन्द्रीय सदस्य प्रमिला बस्नेतलगायतले हरेक जिल्लामा समाजवादीका उम्मेदवारलाई जिताउन आवश्यक प्रचार–प्रसारमा क्रियाशील रहन कार्यकर्तालाई आग्रह गरे । -रासस
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया