NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १४ गते

देशभरको मौसम मुख्यतया सफा रहने, उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने भए तापनि केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी र हिमाली क्षेत्रको मौसम सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु तथा तुवाँलो लागेको छ।

आज दिउँसो देशका हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ। यस्तै, हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष