समस्या समाधान गर्ने पार्टी एमाले हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरे ।
जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भने, ‘जनताका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने पार्टी एमाले हो ।’ वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उनले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दाबी गरे ।
नगर प्रमुख सरावगी जनता समाजवादी पार्टी (तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले यस अगावै जसपाभित्रका केही नेता र कार्यकर्ताले आफूलाई अप्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया