माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको फैसला चैत २० मा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट विद्रोह गरेका माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाइ चैत २० मा हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका सो मिति तोकेका हुन् ।
पार्टीको नीति र निर्देशनविपरीत कामकारवाही गरेको आरोपमा अध्यक्ष ओलीले नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । तर कारवाही हुँदा नेता नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी खोलिसकेका थिए ।
यसैलाई आधार बनाएर विभाजनपछि आएको कारवाहीलाई मान्यता दिन नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई सांसदको मान्यता दिएका थिए ।
यसै विषयलाई लिएर एमाले अध्यक्ष ओली सर्वोच्च पुगेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया