जसपामा प्रमुख तीन नेता सम्मिलित मुख्यालय समिति गठन
काठमाडौं । जनता समाजवादी पाटी (जसपा)ले पार्टी मुख्यालय समिति गठन गरेको छ । काठमाडौंमा जारी पार्टीको केन्द्रीय समितिको बैठकले तीनजना प्रमुख नेतालाई समेटेर तीन सदस्यीय मुख्यालय समिति गठन गरेको हो ।
समितिमा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहेको जसपाले जनाएको छ ।
मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको बैठकमा सहभागी एक नेताले बताए ।
त्यस्तै जसपाले १ र २ असारमा काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय जसपाभित्र सामान्य विवाद उठेकाले त्यसलाई समाधान गर्न मुख्यालय समिति गठन गरेको आँकलन गरिएको छ ।
अध्यक्ष यादव र संघीय परिषद् अध्यक्षबीच विवाद भएको थियो ।
यसअघि एमसिसीलाई लिएर पनि पार्टीमा विवाद उत्पन्न भएको थियो । तर, पछि सहमतिपछि पार्टी एकढिक्का भएर एमसिसीको पक्षमा लागेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया