देउवालाई ओलीको प्रश्न : कसका डरले चुच्चे नक्सा हटाएको ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा हटाएर वर्तमान पाँचदलीय गठबन्धन सरकारले बुच्चे नक्सा छापेको आरोप लगाएका छन् ।
एमालेनिकट अनेरास्ववियु महिला संघको कार्यक्रमलाई मंगलबार काठमाडौंैमा सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन् ।
‘मेरो नेतृत्वको सरकारले सरकारले संसद्बाट पारित गरेको महाकालीसहित समेटिएको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा छापेको रहेछ । यसबारे मैले देउवाजी (प्रधानमन्त्री शेरबहादुर देउवा)लाई फोन गरेर बुच्चे नक्सा किन छापेको भनेर सोधें । उहाँले हो र ? त्यस्तो छ र भन्नुभयो’, ओलीले भने, ‘यस्ता छन् हाम्रा प्रधानमन्त्री । कसका डरले चुच्चे नक्सा हटाइयो ? राष्ट्रियताको विषयमा खेलबाड गर्ने छुट कसले दियो ? अब राष्ट्रियताविरोधी सरकार ढालेर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ ।’
ओलीले देशभर एमालेको सञ्जाल बलियो रहेकाले आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा लाग्न निर्देशन दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया