याेग किन गर्ने ?
एजेन्सी । योगको सम्बन्धमा आम समाजको चासो बढ्दै गएको छ । स्वस्थ जीवनशैलीका लागि योग गर्नुपर्छ । योग शान्त, खुसी र स्थिर रहने विधि हो।
योगासनाको सहायताले प्राकृतिक स्वास्थ्यका साथै प्राकृतिक सौन्दर्य पनि प्राप्त गर्न सकिन्छ । व्यायामले मांसपेशी बलियो बनाउँछ। जबकि योग अभ्यासले हाम्रो शरीरको उर्जा बढाउँछ। जसले गर्दा हाम्रो दक्षताका साथै मानसिक क्षमता पनि बढ्छ ।
योग अभ्यासले दिन प्रतिदिन प्राण उर्जा बढ्दै जान्छ । शरीरको हरेक अंग र ऊर्जावान हुन्छ। जसले गर्दा शरीर स्वस्थ हुन्छ, रोगसँग लड्ने शक्ति पनि बढ्छ । योगले पाचन प्रणाली बलियो बनाउँछ । नियमित योगले मनलाई एकचित्त राख्छ भने रोग प्रतिरोधक शक्तिसमेत बढ्छ ।
यसले श्वासप्रश्वासलाई नियन्त्रण गरी फोक्सो र मुटुलाई स्वस्थ राख्छ । मोटोपना, कमजोरी, आलसता सबै योगको आसनबाट हटछ । सुन्दर शरीर र अनुहारका लागि पनि यसको उत्तिकै महत्व छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया