पार्टीकै नेतामाथि खनिए प्रचण्ड : पहिले शहीद बन्न झगडा गर्थे, अहिले पदका लागि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेता–कार्यकर्तामाथि खनिएका छन् । काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा उनी पार्टीमा विचलन आएको भन्दै नेता–कार्यकर्तामाथि खनिएका हुन् ।
युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेहरू नै अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्ने गरेको प्रचण्डले आरोप लगाएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘हिजो युद्धको समयमा शहादत प्राप्त गर्न तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगे’, प्रचण्डले भने ‘पार्टीभित्र वैचारिक अस्पष्टता, अराजकता र गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ ।’
सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएको त माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको प्रचण्डले स्मरण गरे ।
‘अब माओवादी पनि सच्चिन जरुरी छ,’ उनले भने ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया