पार्टीकै नेतामाथि खनिए प्रचण्ड : पहिले शहीद बन्न झगडा गर्थे, अहिले पदका लागि
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेता–कार्यकर्तामाथि खनिएका छन् । काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा उनी पार्टीमा विचलन आएको भन्दै नेता–कार्यकर्तामाथि खनिएका हुन् ।
युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेहरू नै अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्ने गरेको प्रचण्डले आरोप लगाएको माओवादी केन्द्रका एक नेताले बताए ।
‘हिजो युद्धको समयमा शहादत प्राप्त गर्न तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगे’, प्रचण्डले भने ‘पार्टीभित्र वैचारिक अस्पष्टता, अराजकता र गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ ।’
सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएको त माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको प्रचण्डले स्मरण गरे ।
‘अब माओवादी पनि सच्चिन जरुरी छ,’ उनले भने ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया