कुलोको समिति भनेर जब माओवादीका कार्यकर्तालाई एमाले प्रवेश गराइयो
काठमाडौं । सरकारले बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको । यससँगै देशमा चुनावी माहोल पनि सुरु भइसकेको छ । मंगलबार मात्र सरकारले एक लाख जना म्यादी प्रहरीको भर्ना खुलाइसकेको छ । दलहरू पनि चुनावी रणनीतिमा लागिसकेका छन् ।
दल–बदलको क्रमसमेत चलिरहेको छ । यसैबीच दाङबाट यस्तै अनौठो अर्को खबर आएको छ । घटना तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानको हो । माओवादी केन्द्रका चारजना स्थानीय कार्यकर्ताले कुलोको समिति बनाउने भनेर झुक्याउँदै आफूहरूलाई एमालेमा प्रवेश गराएको दाबी गरेका छन् ।
कुलोको समिति बनाउने भनेर हस्ताक्षर गराएको कागजबाट एमाले प्रवेश गराएको भन्दै एमालेले प्रचार गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले आपत्ति जनाएका छन् ।
आपत्ति जनाउनेमा सीताराम चौधरी, दशिराम चौधरी, नीमबहादुर चौधरी र जितराम चौधरी छन् ।
उनीहरूले एक संयुक्त विज्ञप्ति नै निकालेर आफूहरू एमालेमा नगएको स्पष्ट पारेका छन् । सीतारामले भने आफू माओवादी जनयुद्धका घाइते परिवारको सदस्य रहेकोसमेत दाबी गरेका छन् ।
हेरौं विज्ञप्ति :

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया