अब राप्रपाले स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र व्यक्तिलाई पनि चुनावमा पार्टीको उमेदवार बनाउने भएको छ ।
बुधबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालवाचलाई जानकारी दिए ।
‘त्यसका लागि विभिन्न क्षेत्रका लोकप्रिय, उच्च नैतिक चरित्र भएका, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ,’ उनले भने ।
उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरी निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरिएको निर्णयमा उल्लेख छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया