‘पिर’ गीत साम्राज्यवादी शक्तिले सिर्जना गरेका हुन् : महरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रकाश सपुतले सिर्जना गरेको ’पिर’ गीतप्रति विवादस्पद टिप्पणी गरेका छन् ।
बिहीबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले गीतको सिर्जना सर्जक सपुतले गरेको नभएर सामाज्यवादीहरूले ल्याएको बताएका छन् ।
‘चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गीत ल्याएका छन् । त्यो उनले ल्याएका होइनन्, साम्राज्यवादी शक्तिले ल्याएका हुन् ।’
माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ सो गीत ल्याइएको बताए ।
माओवादी केन्द्रका भ्रातृ संगठनहरूले पनि पिर गीतले माओवादी जनययुद्धलाई अपमान गरेको भन्दै त्यसलाई युट्युबबाट हटाउन माग गर्दै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया