आइएससीको नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढ्दै गरेका एक जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सप्तरीको राजविराजका एक जनालाई बिहीबार राती पक्राउ गरेको जनाएको छ ।
उनलाई आइएससी पासको नक्कली प्रमाणपत्र बनाएको आरोप लागेको छ ।
ती विद्यार्थीले काठमाडौंको जेभियर इन्टरनेशनल सेकेन्डरी स्कुलबाट आइएस्सी पासको प्रमाणपत्र बनाएको बताइएको छ ।
उनी चितवन मेडिकल कलेजमा एमबिबिएसको अन्तिम सेमेस्टर पढ्दै थिए ।
सीआईबीले उनको थप विवरण भने सार्वजानिक गरेको छैन।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया