विश्वकपको ड्र आज

काठमाडौं । कतारमा यसै वर्ष आयोजना हुन लागेको २२ औँ फिफा विश्वकप फुटबलको समूह विभाजन (ड्र) आज हुँदैछ । ’ड्र’ नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ ।
विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् ।
छनोट हुनेमा आयोजक कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेविया, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको रहेका छन् ।
अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।
अब वेल्सविरुद्ध स्कटल्यान्ड वा युक्रेन, पेरुविरुद्ध अष्ट्रेलिया वा युएई, कोस्टारिकाविरुद्ध गरी तीन टोलीले विश्वकपमा स्थान बनाउन बाँकी छ ।
फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्नेछ ।
कतार आयोजक राष्ट्रका रुपमा र शीर्ष वरीयताका सातौसम्मका टोली पट १ मा रहनेछन् ।
पट १ मा कतारसहित ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल रहेका छन् ।
यी आठ टोलीले समूह चरणमा एक–अर्काविरुद्ध खेल्नुपर्ने छैन ।
विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो, नेपाल १ स्थान खस्कियो
प्रतिक्रिया