ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो, नेपाल १ स्थान खस्कियो
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरीयतामा ब्राजिल शीर्ष स्थानमा उक्लिएको छ ।
फिफाले हालै सार्वजिक गरेको वरीयताअनुसार यसअघि दोस्रो स्थानमा रहेको ब्राजिल एक स्थान सुधार गर्दै प्रथम स्थानमा उक्लिएको हो ।
यसअघि शीर्षमा रहेको बेल्जियम भने एक स्थाल तल झर्दै दोस्रो स्थानमा रहेको छ ।
ब्राजिल करिब ५ वर्षपछि शीर्ष स्थानमा उक्लिएको हो ।
त्यसपछि आठौँ स्थानसम्म कुनै परिवर्तन भएको छैन । फ्रान्स, अर्जेन्टिना, इंग्ल्याण्ड, इटाली, स्पेन र पोर्चगल क्रमश क्रमशः तेस्रोदेखि आठौं स्थानसम्म छन् ।
यो वरीयता विश्वकपमा सिड छुट्याउनका लागि महत्वपूर्ण मानिएको छ । आयोजक कतार र शीर्ष ७ मा रहेका टोली सिड १ मा पर्छन् । इटाली विश्वकपमा छनोट नभएपछि यसको फाइदा पोर्चुगलले लिएको छ ।
आठौं स्थानको पोर्चुगल सिडेड टिममा परेको छ ।

यस्तै, नयाँ वरीयतामा नेपाल १ स्थान तल झर्दै १६८औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् ।
ताजा अपडेट
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी


प्रतिक्रिया