पिएनजीद्वारा मलेसियाविरुद्ध सानदार जित दर्ता, नेपालसँगको फाइनलको आशा जीवितै
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको को जित्नैपर्ने खेलमा पपुवा न्युगिनी (पिएनजी)ले मलेसियाविरुद्ध सानदार जित दर्ता गरेको छ । १९७ रनको लक्ष्य पछ्याएको पिएनजीले १३ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गरेको हो । नेपालले तीन खेल जित्दा पिएजनी र मलेसियाले समान एकएक खेल जितेका छन् ।
तर रनरेटमा पिएजनी मलेसियाभन्दा अगाडि रहेको छ । अब मलेसियाले नेपाललाई पराजित गर्न नसके सिरिजको उपाधिको लागि नेपाल र पिएनजी भिड्नेछन् । नेपाल पराजित भए मलेसिया र नेपाल फाइनलमा भिड्नेछन् ।
चुनौतीपूर्ण १९७ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो बलमै लेग सिकाको विकेट गुमाएर पिएनजी दबाबमा आएको थियो । तर चाल्र्स अमिनीले २८ रन बनाए ।
कप्तान असद भालाले ७४ र टोनी उराले ३४ बलमै ८ रन बनाएपछि पिएनजीले १३ बल अगाडि नै सानदार जित दर्ता गरेको हो । पछिल्लो पाँच ओभरमा मात्रै पिएनजीले ८० रन बढी बनाएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया