पिएनजीद्वारा मलेसियाविरुद्ध सानदार जित दर्ता, नेपालसँगको फाइनलको आशा जीवितै

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको को जित्नैपर्ने खेलमा पपुवा न्युगिनी (पिएनजी)ले मलेसियाविरुद्ध सानदार जित दर्ता गरेको छ । १९७ रनको लक्ष्य पछ्याएको पिएनजीले १३ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गरेको हो । नेपालले तीन खेल जित्दा पिएजनी र मलेसियाले समान एकएक खेल जितेका छन् ।
तर रनरेटमा पिएजनी मलेसियाभन्दा अगाडि रहेको छ । अब मलेसियाले नेपाललाई पराजित गर्न नसके सिरिजको उपाधिको लागि नेपाल र पिएनजी भिड्नेछन् । नेपाल पराजित भए मलेसिया र नेपाल फाइनलमा भिड्नेछन् ।
चुनौतीपूर्ण १९७ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो बलमै लेग सिकाको विकेट गुमाएर पिएनजी दबाबमा आएको थियो । तर चाल्र्स अमिनीले २८ रन बनाए ।
कप्तान असद भालाले ७४ र टोनी उराले ३४ बलमै ८ रन बनाएपछि पिएनजीले १३ बल अगाडि नै सानदार जित दर्ता गरेको हो । पछिल्लो पाँच ओभरमा मात्रै पिएनजीले ८० रन बढी बनाएको थियो ।
ताजा अपडेट
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
प्रतिक्रिया