सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य
काठमाडौं । आईसीसी टी- २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सष्य ४५ रन बनाउन सक्यो ।
सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाए । त्यस्तै आर्यवीर चौधरीले ३७, तथा मनप्रित सिंहले २४ रन बनाए ।
नेपाली बलर अविनाष बोहराले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई—दुई विकेट हात चट्काए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया