आइसिसी टी-२० विश्वकप छनोट : युएई पाँच विकेटले विजयी
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै युएईले प्रतियोगितामा दुई अङ्क जोडेको छ ।
युएईका लागि अलि नासिरले सर्वाधिक ४८ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ४८ रन बनाएका हुन् । त्यस्तै आशिफ खानले २३ रनको योगदान दिए भने कप्तान मोहम्मद वसिमले ११ रन बनाए । बसिल अहम्मदले ११ जोडे । बहराइनका लागि रिजवान बुट्टले दुई विकेट लिए भने साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक/एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल बनाएको थियो । बहराइनका लागि हैदर बुट्टले सर्वाधिक ५९ रन बनाए । उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५९ रन बनाएका हुन् । त्यस्तै जुनेद अजिजले २५ रन जोडे भने सोहिल अहम्मदले २८ रन बनाए ।
युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान दुई, दुई विकेट लिए भने अलि नासिर र कार्तिक मैइएप्पनले समान एकरएक विकेट झारे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया