विश्वकप क्रिकेटः पाकिस्तान र बंगलादेश भिड्दै, कसले जित्ला?
काठमाडौं। आईसीसी एकदिवसीय विश्वकपमा मंगलबारदेखि सुरु हुन लागेको सातौँ चरणको पहिलो खेलमा पाकिस्तान र बंगलादेश भिड्दै छन् ।
खेल भारतको कोलकातास्थित इडेन गार्डेन स्टेडियममा नेपाली समय अनुसार, दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।
दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कम छ । पाकिस्तानले हालसम्म खेलिएको ६ मध्ये चार खेलमा हार भोगेको छ । दुई खेलमा मात्र जित हात पारेको पाकिस्तान चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
बंगलादेशले भने यसअघि खेलिएको ६ मध्ये एक खेलमा मात्र जित हासिल गरेको छ । बाँकी पाँच खेलमा बंगलादेशले पराजय ब्यहोरेको छ । बंगलादेशी टोली दुई अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया