मलेसियाले दियो नेपाललाई १६६ रनकाे लक्ष्य
काठमाडाैं । टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको फाइनल छनोटमा मलेसियाले नेपाललाई १६६ रन लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।
मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ तथा अर्का ओपनर जुबैदी जुल्किफले २४ रन बनाए । सरविन मुनिन्डीले १३ रन बनाउदा मुहम्मद अमिरले ८, स्याजरुल इद्रुसले ७ तथा फित्री शामले ६ रन जोडे ।
यस्तै कप्तान अहमद फाइज र अइनुल हाफिजले समान ३ ३ रन बनाउदा विरनदिप सिंहले ४ रन जोडे । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो ।
नेपाली बलर अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक–एक विकेट चट पारे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया