मलेसियाले दियो नेपाललाई १६६ रनकाे लक्ष्य

काठमाडाैं । टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको फाइनल छनोटमा मलेसियाले नेपाललाई १६६ रन लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।
मलेसियाका लागि ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ तथा अर्का ओपनर जुबैदी जुल्किफले २४ रन बनाए । सरविन मुनिन्डीले १३ रन बनाउदा मुहम्मद अमिरले ८, स्याजरुल इद्रुसले ७ तथा फित्री शामले ६ रन जोडे ।
यस्तै कप्तान अहमद फाइज र अइनुल हाफिजले समान ३ ३ रन बनाउदा विरनदिप सिंहले ४ रन जोडे । मलेसियाले अतिरिक्त रूपमा १६ रन पाएको थियो ।
नेपाली बलर अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले पनि एक–एक विकेट चट पारे ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया