नेपाल सुपर लिग फुटबल : काठमाडौं र चितवनले अंक बाँडे
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक बिजेता काठमाडौं रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने चितवनले लियो । चितवनले खेलको ८६ औँ मिनेटमा गोल पहिलो अग्रता लियो । चितवनका लागि नवयुग श्रेष्ठले गोल गरे । तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौंले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । काठमाडौँका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन् । यससँगै काठमाडौंले प्रतियोगितामा दुई खेलबाट ४ अङ्क जोडेको छ ।
चितवनले भने १ अङ्क जोडेको छ । काठमाडौंले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो । यता चितवन भने पोखरासँग पराजित भएको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया