दीपेन्द्रले बनाए अर्धशतक
काठमाडौं । नेपाली टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा अर्धशतक पूरा गरेका छन् ।
पपुवा न्युगिनीविरुद्धको जारी खेलमा दीपेन्द्रले ३८ बलमा अविजित ५४ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
सोक्रममा दीपेन्द्रले ४ चौका प्रहार गर्दै १४२.१० को स्ट्राइक रेटमा रन बनाएका छन् ।
यसै खेलमार्फत दीपेन्द्रले एक हजार रन पनि पूरा गरेका छन् ।
दीपेन्द्रले यसअघि मलेसियाविरुद्ध शतक प्रहार गरेका थिए । उनले अविजित रहँदै ५७ बलमा ११० रन बनाएका थिए ।
नेपालले जारी फाइनलमा पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विेकटको क्षतिमा १६८ रन बनाएको छ ।
१६९ रनको लक्ष्य पाएको पिएनजीले केही बेरपछि ब्याटिङ गर्नेछ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया