आजदेखि यू-१९ एसिया कप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । युएईमा आजदेखि यू-१९ एसिया कप क्रिकेट सुरू हुँदैछ।
८ देश सहभागी यू-१९ कप क्रिकेटको पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झा पनि समावेश छन् ।
अर्को खेल भारत र अफगानिस्तानबीच हुनेछ।
समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।
नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू-१९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।
प्रतिक्रिया