घरमै रोकिएपछि एसी मिलान दबाबमा

काठमाडौं । इटालियन सिरी एमा लिग लिडर एसी मिलान घरेलु मैदानमा रोकिएको छ । गएराति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
३१ खेलमा बराबरीसँगै मिलानको अंक ६७ भएको छ । यो दोस्रो स्थानमा रहेको नापोलीभन्दा एकले मात्रै बढी हो । नापोलीले पछिल्लो खेल जितेको छ ।
इन्टर मिलानको ३० खेलबाट ६३ अंक छ । एक खेल खेल्दा मिलानले एसी मिलान र नापोली दुवैलाई चुनौती दिन सक्छ ।
एसी मिलानलाई रोकेको बोलोग्ना ३० खेलबाट ३४ अंकसहित १२ औं स्थानमा छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया