घरमै रोकिएपछि एसी मिलान दबाबमा
काठमाडौं । इटालियन सिरी एमा लिग लिडर एसी मिलान घरेलु मैदानमा रोकिएको छ । गएराति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
३१ खेलमा बराबरीसँगै मिलानको अंक ६७ भएको छ । यो दोस्रो स्थानमा रहेको नापोलीभन्दा एकले मात्रै बढी हो । नापोलीले पछिल्लो खेल जितेको छ ।
इन्टर मिलानको ३० खेलबाट ६३ अंक छ । एक खेल खेल्दा मिलानले एसी मिलान र नापोली दुवैलाई चुनौती दिन सक्छ ।
एसी मिलानलाई रोकेको बोलोग्ना ३० खेलबाट ३४ अंकसहित १२ औं स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया