आर्सनल वेष्टहमसँग पराजित, फेरि गुमायो शीर्ष स्थानमा पुग्ने मौका

काठमाडौं । इंग्लिस प्रिमियर लिगको बिहीबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमै वेष्टहम युनाइटेडसँग २-० ले पराजित भएको छ । यो हारसँगै आर्सनलले अंकतालिकामा शीर्ष स्थानमा रहने मौका गुमाएको छ ।
वेष्टहमले भने प्रिमियर लिगमा आर्सनलमाथि लगातार तेस्रो पटक जित निकालेको हो ।
शीर्ष स्थानको लिभरपुलको ४२ अंक रहँदा एक खेल कम खेलेको आर्सनलको ४० अंक थियो। वेस्ट ह्यामविरुद्ध जित निकाल्न सकेको अवस्थामा पुनः लिग लिडर बन्ने मौका आर्सनललाई थियो। तर, घरेलु मैदानमै भएको खेलमा पनि वेस्ट ह्यामविरूद्ध गोल गर्न नसक्दा आर्सनलले उक्त मौका गुमाएको हो।
वेष्टहमका लागि थोमस साउसेकले १३ औं मिनेटमा गरेका थिए अर्को गोल मोन्स्टानटिनोस माभरोपानोसले ५५औं मिनेटमा गरे ।
आर्सनलले खेलमा राम्रो दबाब बनाएपनि गोल फर्काउन भने सकेन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया