प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा
बैतडी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीका अनुसार टोलीका अन्य खेलाडीमा टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दीपक चन्द र भोराज भट्ट रहेका छन् । यस्तै अभिषेक पाल, वसन्त खत्री, युवराज खत्री र सञ्जय बोहरा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।
हालै सम्पन्न छनोट प्रतियोगिता र त्यसपछि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी टोलीमा परेका अध्यक्ष जोशीले बताए ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो खेल आगामी माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेशसँग खेल्ने तय भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया