टि–२० क्रिकेटमा रोहित शर्माको नाममा अर्काे रेकर्ड
काठमाडौैं । टि–२० क्रिकेटमा भारतीय टिमका कप्तान रोहित शर्माले अर्काे रेकर्ड बनाएका छन् । उनले टि–२० मा पाँचौ शतक प्रहार गरेका हुन् । यसअघि टि–२० मा कुनै खेलाडीले पनि पाँच शतक प्रहार गरेका थिएनन् ।
अफगानिस्तानविरुद्धको खेलमा उनले अविजित १२१ रन बनाएका हुन् । रोहितले ८ छक्का र ११ चौका प्रहार गरेका थिए ।
सिरिजको तेस्रो खेलमा टस जितेर ब्याटीङ रोजेको भारतले २२ रनमै ४ विकेट गुमाएको थियो । त्यसपछि रोहित र रिंकु शर्माले अविजित भई २१२ रन जोड्न सफल भए । उनीहरुले एक सय ९० रनको साझेदारी गरे । रिंकुले ३९ बलमा ६८ रन हानेका छन् ।
अन्तिम ओभरमा भारतले ५ छक्कासहित ३६ रन जोडेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया