डीपफेक भिडिओको निसानामा भारतका क्रिकेटर सचिन तेन्दुलकर

एजेन्सी । अभिनेत्री रश्मिका मन्दनापछि भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकर डीपफेक भिडिओको सिकार भएका छन् ।
भिडिओमा उनलाई ‘छिटो धनी हुने उपाय’ भन्दै अनलाइन गेमिङ एप प्रवर्द्धन गरिरहेको जस्तो देखिन्छ । उक्त भिडिओमा उनले आफ्नी छोरी नियमित रूपमा उक्त गेमिङ एप प्रयोग गर्छिन् भन्ने देखाइएको बीबीसीमा उल्लेख छ ।
सामाजिक सञ्जाल एक्समार्फत क्रिकेटर तेन्दुलकरले भनेका छन्, “यी भिडिओहरू फेक अर्थात् नक्कली हुन्। प्रविधिको अन्धाधुन्ध दुरुपयोग गरिएको देख्दा दिक्क लाग्छ।”
तेन्दुलकरले लेखेका छन्, “सोशल मिडिया प्ल्याटफर्महरू यस्ता गुनासोप्रति सतर्क र जबाफदेही बन्नुपर्छ। गलत सूचना र डीपफेक फैलनबाट रोक्न उनीहरूले तत्काल कारबाही अगाडि बढाउनुपर्छ।”
तेन्दुलकरको पोस्टमाथि प्रतिक्रिया दिँदै भारतका सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले भारतमा सोशल मिडियाले तत्काल डीपफेक भिडिओ हटाउनुपर्ने गरी छिट्टै कडा नियम बनाइन लागेको उल्लेख गरेका छन् । “एआईद्वारा उत्पादित डीपफेक र गलत सूचना”बाट इन्टरनेट उपभोक्ताहरूको सुरक्षामाथि खतरा उत्पादन भएको उनले बताएका छन् ।
रश्मिकालगायत बलिउड अभिनेत्रीहरू आलिया भट्ट, काजोल र क्याटरिना कैफ पनि डीपफेक भिडिओको निसानामा परिसकेका छन् ।
These videos are fake. It is disturbing to see rampant misuse of technology. Request everyone to report videos, ads & apps like these in large numbers.
Social Media platforms need to be alert and responsive to complaints. Swift action from their end is crucial to stopping the… pic.twitter.com/4MwXthxSOM
— Sachin Tendulkar (@sachin_rt) January 15, 2024
प्रतिक्रिया