ओलीसँग टिका लगाएको २४ घण्टामै माओवादी फर्किएका डल्लाकोटीले प्रचण्डसँग भने– ‘अध्यक्षज्यू, गल्ति भयो, माफ पाउँ’

काठमाडौं । माओवादी परित्याग गरेको २४ घण्टा नबित्दै पुनः मूल घर फर्किएका बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर लल्लाकोटीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
प्रचण्डसँगको भेटमा उनले आफूलाई केही मान्छेले परिवन्दमा पारेर बालकोट पुर्याएको भनेका थिए । आफूले क्षणिक आवेगमा आएर गलत निर्णय लिएकोमा माफि मागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
‘अध्यक्षज्यू, केही मान्छेको परिबन्दमा परि बालकोट पुगें । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, म २ दिनमै घर फर्केको छु’, डल्लाकोटीको भनाइ उद्दृत गर्दै मल्लले लेखेका छन् । जवाफमा प्रचण्डले गल्ति गरे भनिसक्नु भयो, अब काममा फर्कनुस् भनेको मल्लले जानकारी दिएका छन् ।
ओलीले एमाले प्रवेश गराएका डल्लाकोटी २४ घण्टामै माओवादी फर्किए
सोमबार पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नै निवास बालकोटमा माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । त्यसपछि सम्पर्कविहीन भएका धादिङका नेतासमेत रहेका डल्लाकोटी मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रमै फकिएका थिए । ०७४ मा १३ स्थानीय तह रहेको धादिङमा गाउँपालिका अध्यक्ष जित्ने उनी एक्ला उम्मेदवार हुन् ।
डल्लाकोटीको प्रष्टीकरण : आवेगमा एमाले गएँ, पश्चाताप भएपछि माओवादीमै फर्किएँ (विज्ञप्तिसहित)
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया