यू–१९ विश्वकप : सुपर सिक्सका खेल सकिए, सेमिफाइनल फेब्रुअरी ६ देखि
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्सका खेल सकिएका छन् ।
सुपर सिक्सबाट सेमिफाइनलमा प्रवेश पाउने चार देश छनोट भएका छन् ।
सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान तथा समूह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका हुन् । खराब प्रदर्शन गरेको नेपाल भने सुपरसिक्सबाटै बाहिरिसकेको छ ।
अब सेमिफाइनल खेल फेब्रुअरी ६ र ८ तारिखमा हुनेछ । सेमिफाइनलको पहिलो खेलभारत र दक्षिण अफ्रिकाबीच हुनेछ भने दोस्रो खेलमा पाकिस्तानले अस्ट्रेलियाको सामना गर्नेछ ।
१६ देश सहभागी प्रतियोगिताको सेमिफाइनल खेलबाट दुई देश फाइनलमा प्रवेश गर्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया