एक खेल अगावै नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज

काठमाडौं । नेपालले क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ ।
क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि जित निकाल्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालले पहिलो खेल ७ रनले जितेको थियो। अब नेपाल क्यानडाबीच सिरिजको अन्तिम खेल सोमबार हुनेछ ।
नेपालका तीन खेलाडीले अर्धशतकीय पारी खेले । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए । उनले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे । यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाए । उनले त्यसक्रममा दुई छक्का र सात चौका हाने । यसैगरी अनिलकुमार साहले तीन छक्का र सात चौकासहित ५० रनको योगदान दिए । भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाए ।
बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्का हाने । यस्तै नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया