क्यानडाविरुद्धको सिरिजमा नेपालको क्लिनस्वीप
काठमाडौं । क्यानडासँगको एकदिवसीय खेलमा नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल ९ विकेटले विजयी हुँदै क्लिनस्वीप गरेको हो ।
नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।
नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा भेट्टाएको हो ।
नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे भने ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए।
खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ। क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया