माल्दिभ्सविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ।
२२८ रनको लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३.५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो । नेपाली महिला क्रिकेटको इतिहासमै यो अहिलेसम्मको फराकिलो जित हो। जितसँगै नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । माल्दिभ्सकी सुमय्या बिन्थ अहमिदले बनाएको ५ रन नै सर्वाधिक धेरै रन बन्न पुग्यो र यस्तै नबा बिन्थु नसिमले २, हब्सा अब्दु्लाहले २/२ रन जोडे । माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए ।
नेपालको तर्फबाट अस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । यस्तै पूजा महतो र रुविना क्षेत्रीले ३/३ विकेट लिए ।
नेपाललाई कीर्तिमानी जित दिलाउन रूबिना क्षेत्रीको शतक र पुजा महतोको अर्धशतकमा नेपालले माल्दिभ्सलाई २२८ रनको लक्ष्य दिएको थियो। नेपाली महिला टिमका लागि एकै खेलमा सर्वाधिक स्कोरको रेकर्ड समेत रुबिनाले आफ्नो नाममा लेखाएकी छन्। रुविनाले ५४ बलमा शतक पूरा गरेकी हुन् ।
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलमा नेपालकी सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया