विश्वकप खेलेको नेदरल्यान्डस् विरुद्ध भिड्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल शनिबार बलियो टिम नेदरल्यान्डस्सँग भिड्दै छ । लिगको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालका लागि नेदरल्यान्डस् अझै ठूलो चुनौती छ ।
नेदरल्यान्डस् केही महिनाअघि भारतमा सम्पन्न एकदिवसिय विश्वकप खेलेको टिम हो । जहाँ उसले दक्षिण अफ्रिका, बंगलादेश जस्ता टिमलाई हराएर सनसनी मच्चाएको थियो । जसकारण नेपालका लागि शनिबारको खेल थप चुनौतीपूर्ण हुनेछ ।
लिगमा आठ देशबीच प्रतिस्पर्धा हुनेमा टप चारमा पर्ने टिमले विश्वकप छनोट खेल्न पाउनेछन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया