विश्वकप खेलेको नेदरल्यान्डस् विरुद्ध भिड्दै नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल शनिबार बलियो टिम नेदरल्यान्डस्सँग भिड्दै छ । लिगको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालका लागि नेदरल्यान्डस् अझै ठूलो चुनौती छ ।
नेदरल्यान्डस् केही महिनाअघि भारतमा सम्पन्न एकदिवसिय विश्वकप खेलेको टिम हो । जहाँ उसले दक्षिण अफ्रिका, बंगलादेश जस्ता टिमलाई हराएर सनसनी मच्चाएको थियो । जसकारण नेपालका लागि शनिबारको खेल थप चुनौतीपूर्ण हुनेछ ।
लिगमा आठ देशबीच प्रतिस्पर्धा हुनेमा टप चारमा पर्ने टिमले विश्वकप छनोट खेल्न पाउनेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया