आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा कर्णालीबाहेक अन्य छ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका आठ टिमका एक सय ४४ खेलाडीको सहभागिता रहने छ ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदमार्फत् देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बढाउनका प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु एक लाख ५० हजार र ट्रफि, द्वितीय हुनेलाई ट्रफि सहित रु एक लाख र तृतीय हुने टिमलाई ट्रफि सहित रु ५० हजार नगद प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु १० हजार र प्रतियोगितामा रु ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया