त्रिकोणात्मक टी–२० आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अहिले बिहान ११ः३० बजे दुई चिरपरिचित टिम आमनेसामने हुन लागेका हुन् ।
यसअघि भएको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहेर फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । त्यसैले नेपाली टिम खेल पक्षमा पार्नुपर्ने दबाबमा आज छ ।
जसरी भए पनि जित निकाल्ने दाउमा रहेको नेपालले आशिफ शेख र सन्दीप जोरालाई आराम दिने सम्भावना छ । यी दुईले विश्राम पाउँदा अनिल शाह र ललित राजवंशीले अवसर पाउनेछन् ।
नामिबियाविरुद्धको यसअघिको खेलमा शेख र जोरा खासै चल्न सकेका थिएनन् । शेख ६ र जोरा ५ रनमै आउट भएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया