रारामा कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने
मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा अवस्थित नेपालकै ठूलो तथा गहिरो ताल राराताल रहेको क्षेत्रमा प्रदेशस्तरीय कबड्डी प्रतियोगितमको आयोजना गरिने भएको छ ।
खेलकुदका माध्यमबाट राराको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस् भन्ने उद्देश्यले पहिलोपटक पर्यटकीयस्थल रारामा कबड्डी खेलको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले बताए । आगामी वैशाखको दोस्रो हप्ता कर्णाली प्रदेशका १० वटै जिल्लाका कबड्डी खेलाडीको सहभागितामा उक्त खेलको आयोजना हुने बताइएको छ ।
आवश्यक पूर्वाधार अभावका कारण प्रायः खेल गतिविधि न्यून हुँदा विभिन्न खेल विधाका खेलाडी खेल खेल्नबाट वञ्चित रहँदै आएका छन् । जिल्ला सदरमुकाममा हालसम्म पनि कुनै पनि किसिमका उपयुक्त खेल मैदान, कभर्डहल नहुँदा मुगुका खेलाडी खेल खेल्ने अधिकारबाट वञ्चित हुँदै आएका छन् ।
कबड्डीका लागि पर्याप्त समथल चौर भएको राराको तल्लो मिलीमा आगामी वैशाखको ११ देखि १५ गतेसम्म खुल्ला महिला तथा पुरुष कबड्डी खेलको आयोजनाका लागि सहमति जुटेको अध्यक्ष मल्लले बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया