नेपाल क्रिकेट संघले पायो महाप्रबन्धक

काठमडौं । नेपाल क्रिकेट संघले जनरल म्यानेजर (महाप्रबन्धक) पाएको छ । रौनक मल्लको कार्यकाल सकिएपछि रिक्त पदमा वृतान्त खनाल नियुक्त भएका हुन् ।
नयाँ महाप्रबन्धक छनोटका लागि ३४ जनाले आवेदन दिएका थिए । यीमध्येबाट ९ जनाको नाम सर्टलिस्टिङ गरिएकोमा खनालको पल्लाभारी भएको हो ।
नवनियुक्त महाप्रबन्धक खनालले आगामी वैशाख ३ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।
प्रतिक्रिया