चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
काठमाडौं । इन्डियन प्रिमियर लिगमा आइतबारको पहिलो खेलमा चेन्नइ सुपर किंग्सले राजस्थान रोयल्सलाई हराएको छ । चेन्नइ ५ विकेटले विजयी भएको हो ।
एक सय ४२ रनको लक्ष्य पाएको चेन्नइले ५ विकेट गुमाएर १८.२ ओभरमा जित निकालेको हो । यो जितसँगै चेन्नइ अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १३ खेलमा उसले सात खेल जितेर १४ अंक जोडेको छ । कोलकत्ता पहिलो तथा राजस्थान दोस्रो स्थानमा छन् । १२ खेल खेलेको हैदरवाद १४ अंकसहित चौथो स्थानमा छ ।
पञ्जाव र मुम्बई भने प्लेअफ प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् ।
आइतबार दोस्रो खेल दिल्ली र बैंगलोरबीच हुँदैछ ।
अंकतालिका
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल



प्रतिक्रिया