फ्रेन्च कपको उपाधि पिएसजीको पोल्टामा
काठमाडौं । फ्रेन्च कपको यस सिजनको उपाधि पेरिस–सेन्ट जर्मेन (पिएसजी) को पोल्टामा परेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २–१ गोलमा परास्त गर्दै पिएसजीले उपाधि सुरक्षित गरेको हो ।
पीएसजीका लागि विंगर उस्माने डेम्बेले र फाबियन रुइजले १–१ गोल गरे । डेम्बेलेले खेलको २२औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । नुनो मेन्डेसको क्रसमा उनले गोल गरेका हुन् ।
त्यस्तै, ३४औं मिनेटमा रुइजले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पिएसजीले गोलका लागि केही अवसर सिर्जना गरेको थियो । तर लियोनका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै गोल हुन दिएनन् ।
पिएसजीका लागि केलियन एमबाप्पेले बिदाइ खेल खेले पनि उनले कुनै गोल गर्न सकेनन् ।
दोस्रो हाफमा लियोनले १ गोल गरे पनि त्यो सान्त्वना गोलमा मात्र सीमित भयो ।
पिएसजीको फ्रेन्च कपमा यो १५औं जित हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया