NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपाल र अमेरिकाको अभ्यास खेल अन्तिममा आएर रद्द

काठमाडौं । नेपाल र अमेरिकाबीच तय टि–२० विश्वकपको अभ्यास खेल वर्षाका कारण अन्तिममा आएर रद्द भएको छ ।

नेपाली समयअनुसार बिहीबार राति ९ः१५ बजे दुई देशबीच खेल हुने तय भएकोमा अमेरिकाले टस जितेर ब्याटिङको तयारी गरेको थियो । तर लगत्तै वर्षा भएपछि खेल अघि बढ्न सकेन । वर्षा रोकिएपछि दोस्रो पटक खेलको तयारी गरिएको थियो । तर फेरि पनि पानी दर्किएपछि खेल रद्द भयो ।

नेपालले यसअघि क्यानडासँग पहिलो वार्मअप खेल खेलेको थियो । जसमा नेपाल ६३ रनको फराकिलो अन्तरमा परास्त भएको थियो ।

टि–२० विश्वकप यही जून १ देखि २९ सम्म अमेरिका र वेस्टइण्डिजमा हुँदैछ ।

नेपालले आफ्नो पहिलो खेल यही जून ४ मा नेदरल्याण्ड्ससँग खेल्दैछ ।

नेपाल सम्मिलित समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।