नेपाल टस हारेर ब्याटीङमा

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर ब्याटीङ गर्ने भएको छ । वर्षाका कारण आधा घन्टा ढिला सुरु भएको खेलमा नेदरल्यान्ड्सले बलिङ रोजेको हो ।
समुह डी मा रहेका नेपाल र नेदरल्याड्सले पहिलो खेल खेल्न लागेका हुन् ।
कप्तान रोहित पौडेलको नेतृत्वमा उत्रिएको नेपाली टिमबाट कुशल भुर्तेल र आशिफ सेखले ओपनिङ ब्याटीङ गर्ने भएका छन् । अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, करण केसी र अभिनाश बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया