कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिनाको जित
काठमाडौं । कोपा अमेरिका २०२४ को पहिलो खेलमा अर्जेन्टिनाले जित निकालेको छ । साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २–० गोलान्तरमा परास्त गर्दै जितको खाता खोलेको हो ।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले गोल गरे । उनले ४९औं मिनेटमा गोलको खाता खोलेका हुन् । त्यस्तै, अल्भारेजलाई विस्थापित गर्दै मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले ८८औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाए । लाउटारोले मेस्सीको पासमा गोल निकालेका हुन् ।
योसँगै समूह ‘ए’मा रहेको अर्जेन्टिनाले ३ अंक जोडेको छ । उसले अब बुधबार चिलीसँग अर्को खेल खेल्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया