कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिनाको जित

काठमाडौं । कोपा अमेरिका २०२४ को पहिलो खेलमा अर्जेन्टिनाले जित निकालेको छ । साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २–० गोलान्तरमा परास्त गर्दै जितको खाता खोलेको हो ।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले गोल गरे । उनले ४९औं मिनेटमा गोलको खाता खोलेका हुन् । त्यस्तै, अल्भारेजलाई विस्थापित गर्दै मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले ८८औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाए । लाउटारोले मेस्सीको पासमा गोल निकालेका हुन् ।
योसँगै समूह ‘ए’मा रहेको अर्जेन्टिनाले ३ अंक जोडेको छ । उसले अब बुधबार चिलीसँग अर्को खेल खेल्नेछ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया