बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर–८ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ । वर्षाले निर्धारित २० ओभरको खेल ११.२ ओभरबाट अघि बढ्न नसकेपछि डिएलएस पद्धतिका आधारमा अस्ट्रेलियालाई विजयी घोषित गरिएको हो ।
पहिले टस हारेर ब्याटिङ सम्हालेको बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई अस्ट्रेलियाले सहज ढंगले पछ्याइरहेका बेला दुई पटक वर्षाले खेल अवरुद्ध बनेको थियो । पहिलो पटकको वर्षा रोकिएपछि खेल सुरु भए पनि ११.२ ओभरमा फेरि पानी परेर खेल अवरुद्ध भयो । वर्षा अन्त्यपछि बाँकी खेल खेलाउने तयारी गरिए पनि वर्षा नरोकिएपछि डिएलएस विधिबाट अस्ट्रेलियालाई विजय घोषित गरिएको हो ।
अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो । त्यसलाई पछ्याएर अघि बढेको अस्ट्रेलियाले ११.२ ओभरमा मात्रै दुई विकेट गुमाएर १०० रन जोडेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया