विश्वकपमा एकैदिन दुई ह्याट्रीक
![विश्वकपमा एकैदिन दुई ह्याट्रीक](http://nepalwatch.com/wp-content/uploads/2024/06/jordan.jpg)
काठमाडौं । आइसिसी टी–२० विश्वकपमा एकैदिन दुई ह्याट्रीकको रेकर्ड बनेको छ । आइतबार अष्ट्रेलिया र अफगानिस्तानबीचको खेलमा अष्ट्रेलियाका प्याट कुमिन्सले ह्याट्रीक लिएका थिए । आइतबार नै इंल्याण्डका खेलाडी क्रिस जोर्डनले अर्काे ह्याट्रीक लिएका छन् ।
अमेरिकाविरुद्धको खेलमा १९औं ओभरमा उनले ह्याट्रीक गरेका हुन् । अन्तिम ओभरको पहिलो बलमा विकेट लिएका दोस्रो बल डट फालेका थिए । त्यसपछिका तीन बलमा तीन विकेट लिएका हुन् । एकै ओभरमा ह्याट्रीकसहित उनले चार विकेट हात पार्दे अमेरिकालाई अल आउट गरेका हुन् ।
टस हारेर पहिला ब्याटीङ गरेको अमेरिका अन्तिम ६ बलमा पाँच विकेट गुमाउँदै ११५ रनमा अलआउट भएको छ ।
ताजा अपडेट
-
पेट्रोल र डिजेलको मुल्य बढ्यो
-
सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
-
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
-
श्रमाधान मेलामा १७ हजार ९२१ जनाले दिए रोजगारीका लागि आवेदन
-
भ्रष्टाचार मुद्दामा गाउँपालिका अध्यक्षसहित ११ जनालाई सफाइ
प्रतिक्रिया