नेदरल्याण्ड्सविरुद्ध ओलीको निर्णायक गोल, इंग्ल्याण्ड फाइनलमा

काठमाडौं । नेदरल्याण्ड्सलाई रोक्दै इंग्ल्याण्ड युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
इन्जुरी टाइममा ओली वाट्किन्सले गरेको निर्णायक गोलको मद्दतमा इंग्ल्याण्डले २–१ गोलान्तरको जितसहित फाइनल यात्रा तय गरेको हो ।
निकै नै रोमाञ्चक खेलमा नेदरल्याण्ड्सका जावी सिमोन्सले सातौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर १८औं मिनेटमा इंग्लयाण्डका कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा फर्कियो । इन्जुरी टाइमको पहिलो मिनेटमा वाट्किन्सले गोल गरेपछि इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गर्यो ।
अब इंग्ल्याण्डले जुलाई १४ मा हुने फाइनल खेलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया